शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

दोधारा चाँदनी: महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए ।

“निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौं, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ”, सहायक संरक्षण अधिकृत ऐरले भने, “निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।”

Dengue

वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान गर्न परीक्षण भइरहेको उनको भनाइ छ । घाँसे मैदानमा पाँच÷पाँच मिटरका ४२ प्लट बनाइएका छन् । ती प्लटमा घाँसे मैदान व्यवस्थापनका लागि विभिन्न सात विधि प्रयोग गरिएको छ । “वन्यजन्तुले कस्तो खालको घाँस बढी रुचाउँछन् र बढी समयसम्म चर्छन्, हेरिरहेका छौँ”, उनले भने, “कुन वन्यजन्तुको आहारा के भनेर अध्ययन गरिराखेका छौँ ।” उहाँका अनुसार वन्यजन्तुमा पनि मृग प्रजातिका बाह्रसिङ्गा र चित्तलको रुचिका विषयमा अध्ययन गरिन लागेको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको घासे मैदान बाह्रसिङ्गाको प्रमुख चरन क्षेत्र र वासस्थान हो । निकुञ्ज कार्यालयले ५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको घाँसे मैदान व्यवस्थापन गरिरहेको छ । घाँसे मैदान राम्ररी व्यवस्थित नहुँदा बाह्रसिङ्गाकै लागि समेत आहाराको अभाव हुने गरेको छ । घाँसको मुना बाह्रसिङ्गाको प्रमुख आहारा हो । घाँसे मैदानमा यही मुना चर्न ठूलो झुन्डमा बाह्रसिङ्गा देखिन्छन् । विभिन्न प्लटमा गरिएको अध्ययन र घाँसको पुनर्उत्पादनबारे हरेक १५÷१५ दिनमा सङ्कलित तथ्याङ्कको विश्लेषण भइरहेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न कार्यक्रम गरिरहेको बताए । “निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेका छौँ”, जोशीले भने “पछिल्लो केही वर्षयता निकुञ्जमा चोरीसिकारी नियन्त्रण र वन्यजन्तुको आहारा बढेकाले यहाँ वन्यजन्तुको सङ्ख्या बढी रहेको छ ।” रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार