डा.अन्सारीद्धारा विद्यार्थीलाई ड्रेस वितरण

भक्तराज जोशी

धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका एमडी डा.मेराज आलम अन्सारीले स्कुले विद्यार्थीका लागि पोशाक वितरण गरेका छन् ।

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको कार्यसमिति सदस्य समेत रहेको डा.अन्सारीले बिहीबार धनगढी-१ स्थित मदरता नुरुनवी स्कुलका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका हुन् ।

Dengue

अन्सारीले इस्लामिक नयाँ वर्षको अवसरमा विद्यार्थीलाई ड्रेस सहयोग गरेका हुन् । विद्यार्थीलाई पोशाक वितरण गर्दै डा.अन्सारीले आफ्नो सानो सहयोगले विद्यार्थीको दैनिकी सहज हुँदा खुसी लागेको बताएका छन् । त्यस्तै उनले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा नुरुनवी स्कुलका पूर्व अध्यक्ष शराफत अलिखान, स्कुल व्यवस्थापन समिति, शिक्षक, युवा लगायतको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार