बैतडीमा जन्मियो अनौठो बच्चा

बैतडी: जिल्लाको दोगडाकेदार गाउँपालिकामा एक महिलाले असाधारण शिशुलाई जन्म दिएकी छिन् ।

दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले असाधारण शिशुलाई जन्म दिएकी हुन् । टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी छोरीलाई लुहारले जन्म दिएकी छन् ।

Dengue

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन् । उनले बिहीबार बिहान कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन् । असाधारण शिशु जन्मेपछि थप उपचारका लागि आफूहरुले सल्लाह दिएको अनमी जोशीले बताइन् ।

अनमी जोशीले भनिन् ‘समान्य शिशुभन्दा फरक बच्चा जन्मिएको छ । बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टाजस्तै माथि गएको छ । सुविधा सम्पन्न अस्पतालमा लैजान हामीले सल्लाह दिएका छौं ।’

अनमी जोशीका अनुसार करीब दुई महिना अघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको हो ।

लुहारको आर्थिक अवस्था कमजोर रहेको छ । उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार