धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ बाट ८९० मिलिग्राम लागुऔषधसहित धनगढी–७ का २१ वर्षीय रबि राना र ३४० मिलिग्राम लागुऔषधसहित धनगढी–१७ का १८ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो।

Dengue

प्रहरी चौकी कनरीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्ध प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार