संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं: प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।

Dengue

वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार १९ असारमै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन सकेको छैन ।

गत मंगलबार पनि संवैधानिक परिषद बैठक बसेको थियो । तर नियुक्ति सिफारिस हुन सकेको थिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार