एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगितः चार दिनपछि बस्ने

काठमाडौँ: नेकपा एमालेले अवरुद्ध गरेपछि राष्ट्रिय सभाको बैठक चारदिन पछि बस्ने गरी स्थगित भएको छ । एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।

बिहीबार बसेको बैठकको सुरुमै सांसद भैरवसुन्दर श्रेष्ठले सुन प्रकरणबारे उच्चस्तरिय समिति नबनेसम्म बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताएपछि एमालेका सबै सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । सुन तस्करहरुलाई कारबाहीको दायरामा नल्याएसम्म एमाले टुलुटुलु हेरेर नबस्ने उनको भनाई छ ।

Dengue

‘सुन प्रकरणले नागरिकहरुको शीर निहुराउने काम भएको छ । सरकार यसप्रति बेखबर नै छ । यसमा जो सुकै व्यक्तिको संलग्नता किन नहोस् ती व्यक्तिलाई कानूनको दायरामा ल्याउनु पर्छ । त्यसैले हामीले उच्च स्तरीय छानविन समितिको माग गरेका थियौं । सरकार यसमा गम्भीर भएको छैन् र नयाँ नयाँ तथ्यहरु अहिले सार्वजनीक भईरहेका छन्।’ उनले भने ।

सभाध्यक्ष गणेश तिमिल्सिनाले बारम्बार बैठक अघि बढाउन दिन आग्रह गरेपनि एमाले सांसदले नमानेपछि बैठक स्थगित भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार