सुदूरपश्चिममा डेंगुको जोखिम बढ्दै

धनगढी । तराईसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा डेंगुको जोखिम बढ्दै गएको छ । पहाडी जिल्लाहरुमा लामखुट्टे उक्लिएपछि डेंगुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडी जिल्लाहरुमा पनि संक्रमणको जोखिम बढ्दै गएको बताइएको छ । सुदूरपश्चिमको दार्चुलामा यो बर्ष सबैभन्दा बढी १ सय ९१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यस्तै प्रदेशभरी १ हजार ६१४ जनामा संक्रमण पुष्टि भएकोमा पहाडी जिल्लाहरुमा पनि यसको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

Dengue

तराईका जिल्लामा बढी हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ । वर्षातमा दैनिकरूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लाभौ नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार