जापान र दक्षिण कोरियामा गर्मीले १५ जनाको मृत्यु

टोकियो: यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ ।

यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा १३ वर्षीया बालिकाको गर्मीमा मृत्यु भएको छ ।

Dengue

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले यो साता चर्को गर्मीका कारण ज्यान गुमाउनेमा ७० वर्षभन्दा माथिका पाँच जना किसान रहेको जनाएको छ । यसअघि गर्मीका कारण सात जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो अवस्थालाई ध्यानमा राख्दै मंगलबार देशका अधिकांश भागमा गर्मीको लहरको चेतावनी जारी गरिएको थियो । समाचार अनुसार जुलाई महिनामा तापक्रम ४० डिग्री पुगेपछि मानिसहरु निकै चिन्तित भएका थिए ।

यस्तै मौसम जापानमा पनि छ । जसका कारण शुक्रबार १३ वर्षीया बालिकाको मृत्यु भएको थियो । मैनीचीको रिपोर्टका अनुसार उनी साइकलमा स्कूलबाट घर जाँदै थिइन्। त्यसपछि उनी बेहोस भइन् र फुटपाथमा लडेकी थिइन् ।

हतारमा उनलाई अस्पताल लगियो, जहाँ उनको मृत्यु भयो। बालिकाको मृत्युपछि अधिकारीहरूले उनको मृत्यु हीटस्ट्रोकका कारण भएको दाबी गरेका थिए ।

योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ ।

उल्लेखनीय कुरा के छ भने जापान सरकारले सन् २०३० सम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या आधा गर्ने लक्ष्य राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार