धनगढी: धनगढीमा बिरामी फेला परेका पुरुषको मृत्यु भएको छ ।
सोमवार धनगढी उप–महानगरपालिका –४ गोलमार्केट स्थित शिव मन्दिरमा फेला परेका पुरुषको मृत्यु भएको हो । गुल्मी घर बताउने ५५ वर्षीय दासीराम पाण्डेयलाई बिरामी अवस्थामा फेला पारी प्रहरीले उद्दारगरी उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको राति १०ः४० बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्