कैलालीको बाढी प्रभावित क्षेत्रमा अनुगमनसहित छलफल

धनगढी । सुदूरपश्चिम प्रदेशका उपरथी तथा पृतनापति विजय थापाले बाढीग्रस्त क्षेत्र टीकापुर र भजनीबारे टीकापुर नगरपालिकाका जनप्रतिनीधि, प्रहरी र स्थानीय नागरिकसँग छलफल गरेका छन् । नगरपालिकाका प्रमुख रामलाल डगौँरा थारु, वडाध्यक्ष, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयसित उहाँले बाढी प्रभावित क्षेत्रमा गर्नसकिने सहयोगबारे छलफल गरेका हुन् ।

मानव सुरक्षा र घरायसी सामानको सुरक्षाका बारेमा चासो राख्दै पृतनापति थापाले भने, बाढी प्रभावित क्षेत्रका बासिन्दासित भेटघाट गरिरहेका छौँ, प्रदेश र जिल्ला समन्वय समितिसँग पनि समन्वय गरिरहेका छौँ ।’ सुदूरपश्चिम पृतनाले विपद्सँग सम्बन्धित क्षेत्रमा जनशक्ति परिचालन गरिएको उनको भनाइ छ । प्राविधिकसहितको सेनाको टोली चिसापानी र तेघरी ब्यारेकमा तैनाथ गरिएको छ । विप्दका समयमा नियमित सम्पर्कमा रहन र छलफल गर्न पृतनापति थापाले सुझाव दिएका छन् ।

Dengue

छलफलमा नगर प्रमुख डगाँैराले टीकापुरका ३, ५, ६,७, ८ र ९ नम्बर बाढीबाट बढी प्रभावित भएको जानकारी दिएका छन् । बेला बेलामा कर्णाली नदी र पथरैया नदीको बाढीले दुःख दिने गरेको उनले बताए ।

छलफल कार्यक्रममा सहायक रथि सुरतबहादुर रावल, बाहिनीपति दिपेसजङ्ग शाहसहितको सैनिक अधिकृतको टोली सहभागी थियो । टोलीले टीकापुर र भजनी नगरपालिकाको बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको छ । हरेक वर्ष बर्खामा कर्णाली, पथरैया, मोहना र कन्द्रा नदीले टीकापुर, भजनी, जानकी र जोशीपुर बाढीको बढी जोखिममा पर्ने गर्छन् । धानबाली र घरभित्रको अन्नपात जोगाउन नपाएका यहाँका नागरिक सामान्य वर्षा हुने वित्तिकै चिन्तित हुन थाल्छन् ।

यस क्षेत्रमा निर्माण भएका तटबन्ध भरपर्दा र नियमित निर्माण नहुँदा एकातिर बजेट दुरुपयोग हुने गरेको छ भने अर्कोतर्फ नागरिकको जीवनस्तर कमजोर हुँदै गएको छ । कर्णाली नदीमा पहिले निर्माण गरिएका तटबन्ध गुणस्तरीय नभएपछि हाल रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ढुला ढुङ्गा हालेर तटबन्ध निर्माण गर्न थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार