बझाङमा घर भत्काउने तीन जना पक्राउ

बझाङ्ग: बझाङमा निजी घर भत्काउने तीन जना पक्राउ परेका छन्। जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताए ।

Dengue

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताए । घट्नाका विषयमा बित्थडचिर गाउँपालिका –७, का वडा अध्यक्ष दिनेश अधिकारीले पुटके ओखेडाले घर बनाउन खोज्दा स्थानीय गैरदलितले भत्काइदिएको जानकारी आएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार