अत्तरियाबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलाली: कैलालीको अत्तरियाबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन।

शुक्रबार डडेल्धुराको पर्शुराम नगरपालिका-११ घर भई हाल कैलालीको गोदावरी नगरपालिका-१ मा डेरा गरि बस्ने २७ बर्षीय खडक बिष्टलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ८० मिलीग्राम लागुुऔषध खैरो हिरोइन वरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Dengue

उनीसंगै बस्ने आलिताल गाउँपालिका-६ का ३२ बर्षीय बिष्णु बिष्टको साथबाट पनि ७० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको डिएसपी गणेश बरालले बताएका छन ।शुक्रबार नै गोदावरी नगरपालिका-२ महेन्द्रनगरबाट २१ बर्षीय दिलिप कडायत पनि लागुऔषध सहित पक्राउ परेका छन । उनको साथबाट ९६५ मिलीग्राम लागु औषध खैरो हेरोईन फेला परेको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषकमा खटिएको प्रहरी टोलीले अत्तरिया बजारका छुट्टाछुटै स्थानबाट लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार