समाचार प्रभावः निर्माण सकिएर थन्किएको गेटा मेडिकल कलेज सञ्चालनमा प्रदेश सरकारले तदारुकता देखायो

भक्तराज जोशी

धनगढी । निर्माण सकिएर थन्किएको गेटा मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चासो देखाएको छ । यसअघि गेटामा ‘अर्बौंका भवन ठडिए, सञ्चालनको टुँगो छैन’ भन्ने शिर्षकमा हामीले गरेको रिपोर्टिङपछि प्रदेश सरकार मेडिकल कलेज सञ्चालनको सवालमा जुर्मुरिएको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गेटा मेडिकल कलेजको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा मुख्यमन्त्री शाहले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न अब कुनै पनि दुविधा नभएको बताएका छन् । सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट वक्तव्यमा केही त्रुटी भएको दाबी गर्दै उनले गेटामा सुदूरपश्चिमेली जनताले चाहेको जस्तै मेडिकल विश्वविद्यालय नै सञ्चालन हुने बताएका हुन् ।

Dengue

बिहीबार मुख्यमन्त्री शाहसहित चार मन्त्रीहरुले टोलीले गेटा मेडिकल कलेजको अनुगमन गरेको हो । विश्वविद्यालय सञ्चालनका लागि संघीय सरकारले जिम्मा नलिए प्रदेश सरकारले गेटा मेडिकल कलेजको जिम्मा लिने उनीहरुले प्रतिवद्धता गरेका छन् ।

कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एक सय शैयाको अस्पताल सञ्चालनका लागी आवश्यक उपकरणहरु जडान भइरहेका छन् । तत्काल ३ सय शैयाको अस्पताल सहित मेडिकल बिश्वबिद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तिब्र पारेको हो ।

अस्पताल सञ्चालनका लागी संघीय मन्त्रिपरिषद्ले १ सय ४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । गेटामा अस्पताल सञ्चालनको तयारी भइरहँदा यहाँका स्थानियले भने, सरकारले एक सय शैयाको अस्पताल सञ्चालन गरी बिश्वबिद्यालयको सपना साकार हुन नदिने आशंका गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार