कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज

कञ्चनपुर । कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो ।

जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश लेखा एकाइ कार्यालय कञ्चनपुरका अनुसार प्रदेशका १९ वटा कार्यालयको रु एक अर्ब पाँच करोड नौ लाख फ्रिज गएको छ ।

Seti Hospital

त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार पालिका र सङ्घीय कार्यालयको रु एक अर्ब १७ करोड ३२ लाख फ्रिज भएको छ । प्रदेश लेखा एकाइ कार्यालयको तथ्याङ्कानुसार चालुतर्फ रु एक अर्ब २८ करोड ३४ लाखमध्ये रु एक अर्ब दुई करोड ३७ लाख खर्च भएको छ । पुँजीगततर्फ रु दुई अर्ब ३५ करोड ९७ लाखमध्ये रु एक अर्ब ६१ करोड २५ लाख खर्च भएको छ । चालुतर्फ रु २५ करोड ९७ लाख र पुँजीगततर्फ ७४ करोड ७१ लाख फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी विदाने जोशीका अनुसार सङ्घीय कार्यालयको जम्मा रु नौ अर्ब ७० करोड ६८ लाख २७ हजारमध्ये रु आठ अर्ब ८५ करोड १० हजार खर्च भएको छ भने रु ८५ करोड ५४ लाख १६ हजार बजेट फ्रिज भएको छ । त्यसैगरी यहाँका स्थानीय तहको कूल रु १४ अर्ब पाँच करोड ६० लाख ६३ हजार बजेटमध्ये रु १२ अर्ब ८८ करोड २७ लाख ७४ हजार बजेट फ्रिज भएको छ भने रु एक अर्ब १७ करोड ३२ लाख ८८ हजार बजेट फ्रिज भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार