गत आर्थिक वर्षमा नेपालबाट करीब ७८ करोडको सिमेन्ट निर्यात

आर्थिक वर्ष २०७९/८० मा नेपालबाट करीब रु.७८ करोडको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार तीन वटा सिमेन्ट उद्योगले रु.७७ करोड ९३ लाख ६ हजार बराबरको १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन्।

विभागका अनुसार रु.३५ करोड ८९ लाख ५१ हजार बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र रु.४२ करोड तीन लाख ५५ हजार बरारबरको तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको हो।

Dengue

हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन्। अरू उद्योग पनि निर्यातको तयारीमा छन्।

गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्रान्ड भारततर्फ निर्यात शुरू भएको थियो। साथै, असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘सृष्टि’ ब्रान्डमा पीपीसी सिमेन्ट निर्यात शुरू गरेका थिए।

सिमेन्ट उत्पादक संघका अनुसार भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेका छन्। नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्नेछ। नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करीब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार