एमाले अध्यक्ष ओली कम्बोडिया गएको एक सातापछि आज स्वदेश फर्कँदै

नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदैछन्। कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुगेका एमाले अध्यक्ष ओलीसहितको टोली आज राति १० बजे स्वदेश फर्कने उनको सचिवालयले जनाएको हो।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन्।

Dengue

निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो। निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानै देखि जुटेका थिए।

पर्यवेक्षणकै क्रममा उनले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान सांसद मैत्री पाला सिरिसेनासँग भेटवार्ता गरेका थिए। साथै हिजो साँझ ६ बजे ओली शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रि भोजमा सहभागी भएका थिए।

यसैबीच,कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ। सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार