गेटामा अर्बौंका भवन ठडिए, सञ्चालनको टुँगो छैन !

भक्तराज जोशी

धनगढी । राज्यबाट राज्यविहीनताको अनुभुति गरिरहेको गेटा मेडिकल कलेज वर्षौंदेखि पूर्वाधार र प्रयोगको प्रतिक्षामा रहेको छ । कैलालीको गेटामा रु ५ अर्ब लागतमा बनेको ६०० शैया क्षमताको अस्पताल र मेडिकल कलेजका लागि आवस्यक २८ वटा आधुनिक भवन ठडिएका छन् । तर, निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसक्दा यी भवनहरु दिनप्रतिदिन जिर्ण बन्दै गईरहेका छन् ।

मेडिकल कलेज सञ्चालन गर्ने भनिएको उक्त भवन अहिले थोत्रा हुँदै गएका छन् भने मेडिकल कलेज परिसर पशुचौपायाको चरन क्षेत्र बनेको छ । तर पनि राज्यको बेवास्ताका कारण गेटा मेडिकल कलेजको अस्तित्व धरापमा परेको छ ।

Dengue

यसै पनि गेटा मेडिकल कलेजलाई राजनीतिक दलका नेताहरुले चुनावी फण्डाका रुपमा भने राम्रैसँग प्रयोग गर्दै आएका छन् । नेकपा एमालेका केपी शर्मा ओली, लेखराज भट्ट, माआवादीका पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिमबाटै पटक पटक प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेर बहादुर देउवाले कयौँ पटक यही गेटा मेडिकल कलेजको भवनमाथि उभिएर सञ्चालन गर्छौँ भन्दै बाचा गरेका छन् । तर चुनावको मुखमा जनता रिझाउन गरिएका बाचा फगत बाचामै मात्र सिमित भएका छन् ।

२०५६ सालमै मेडिकल कलेजका लागि ७७ बिघा जग्गा छुट्याइएको उक्त क्षेत्रमा २०६५ सालमा सम्भाव्यता अध्ययन गरिएको थियो । २०६६ सालमा ११ करोड बजेट विनियोजन गरिएपछि २०७१ सालमा शिलन्यास गरिएको मेडिकल कलेजको २०७४ सालमा पूर्वाधार निर्माणको काम सुरु भएको थियो । तर, निर्माण सम्पन्न भएको वर्षौँ बित्दा पनि सञ्चालनको टुँगो भने अझै लागेको छैन ।

मेडिकल कलेज सञ्चालनका लागि अहिले सुदूरपश्चिम प्रदेशमा संघर्ष समिति नै गठन गरिएको छ । सुदूरपश्चिमबासीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय घोषणा गरे पनि सरकारले चासो नदिँदा मेडिकल कलेज सञ्चालनको सपना सपनामै सिमित रहेको छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार