पहिरोले बाटो बन्द हुँदा दार्चुलाको उत्पादन खेतमै कुहिँदै

धनगढी । पहिरोले सडक अवरुद्ध हुँदा दार्चुलामा उत्पादन भएको तरकारी खेतमै कुहिन थालेको छ । जिल्लाको व्यास र सदरमुकाम खलंगासम्म जोड्ने खलंगा-तिंकर सडक अवरुद्ध हुँदा किसानले उत्पान गरेको तरकारी खेतमै कुहिन थालेका हुन् ।

व्यास र सदरमुकामलाई जोड्ने उक्त सडक एकमात्र सडक हो । तर त्यही सडक असार दोस्रो साता वर्षाका कारण खसेको पहिरोका कारण अवरुद्ध भएको छ । सडक नै अवरुद्ध भएपछि व्यासमा उत्पादन भएका तरकारी ढुवानी गर्न समस्या हुँदा किसानको उत्पादन खेतमै कुहिन थालेको छ ।

Dengue

किसानले उत्पादन गरेको सामाग्री स्टोर गरेर राख्नका लागि पनि चिस्यान केन्द्र छैन । उत्पादन भएका तरकारी लगायतका उत्पादन स्टोर गर्न नसक्दा किसानसँगै व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक एवम् प्राविधिक सहयोगमा उत्पादन गरिएका तरकारीहरु खेतबारीमै कुहिन थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानी एवम् स्टोका लागि समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार