कुशलले ६ विकेट लिएपछि नेपाललाई १५८ को लक्ष्य

यूएई ‘ए’ सँगको खेलमा कुशल भुर्तेलले ६ विकेट लिएपछि नेपालले १५८ रनको सामान्य लक्ष्य पाएको छ।

एसीसी इमर्जिङ टीम्स कप अन्तर्गत बुधबार टस जितेर ब्याटिङ रोजेको यूएई ‘ए’ ले ४४ ओभरमा १५७ रन बनाएको हो। यूएई ‘ए’ का लागि लवप्रित सिंहले अर्धशतक प्रहार गरे। उनले ८२ बलमा ६ चौका र एक छक्का प्रहार गरे।

Seti Hospital

त्यस्तै, इथान डिसुजाले १८, अश्वन्त भलथापाले १६, आर्यन्श शर्माले १४ र जस गिनानीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि कुशल भुर्तेलले ६, मौसम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले एक(एक विकेट लिए। केही बेरमा नेपालले ब्याटिङ गर्नेछ।

इमर्जिङ टीम्स कपमा नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिइसकेका छन्। नेपाल रहेको समूह ‘बी’ बाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ सेमिफाइनलमा पुगेका छन्।

त्यस्तै, समूह ‘ए’ बाट श्रीलंका ‘ए’ र बाङ्लादेश ‘ए’ सेमिफाइनलमा पुगेका छन्। अफगानिस्तान ‘ए’ र ओमन ‘ए’ प्रतियोगिताबाट बाहिरिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार