आज नेपाल र भारत भिड्दै: इमर्जिङ एसिया कप

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज भारतीय टिमको सामना गर्दैछ।

श्रीलंकामा जारी प्रतियोगिताको समूह चरणको दोस्रो खेलमा नेपालले भारतको ‘ए’ टिमसँग भिडन्त गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।

Seti Hospital

समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो। त्यसैले आज प्रतियोगिताको पहिलो खेल जित्ने लक्ष्य नेपालको छ।

तर भारतको ए टिमलाई हराउन त्यति सहज भने हुने छैन। भारतीय टिम आईपीएल खेलिसकेका अभिषेक शर्मा, रियान पराग, साइ सुदर्शन, प्रभशिम्रन सिंह, ध्रुव जुरेल जस्ता युवा स्टार खेलाडीहरुले भरिएको छ।

भारत पनि आज नेपाललाई हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने तयारीमा छ। पहिलो खेलमा भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो।

पाकिस्तानसँगको खेलमा नेपाली टप अर्डर ब्याटिङ तीव्र गतिका बलर सामु ध्वस्त भएको थियो। पाकिस्तानका दुई फास्ट बलर मोहम्मद वासिमले ४ र शाहनवाज दाहानीले ५ विकेट लिंदै नेपालको इनिङलाई धरापमा पारेका थिए।

कुनै बेला ३९ रनमा ६ विकेट गुमाएको नेपालका लागि धन्न सोमपाल कामीले ७५ रन बनाए। जसले गर्दा १७९ सम्मको सम्मानजनक रन बनेको थियो।

आजको खेलमा नेपालले खासगरि ब्याटिङमा राम्रो खेल देखाउनु पर्ने हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार