सि.टि.ई.भि.टिले शुल्क वृद्धि गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले दिए विज्ञप्ति

धनगढी: CTEVT ले शुल्क वृद्धि गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले संयुत्त विज्ञप्ति दिएका छन् ।

सुदूरपश्चिममा क्रियाशिल विभिन्न विद्यार्थी संगठनले प्रावाधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयमा संयुत्त विज्ञप्ति दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ ,सामान्य साक्षर हुने तर व्यवहारिक र जिवन उपयोगी नहुने बिगतको शैक्षिक प्रणालीको एउटा बैकल्पिक आधारको रुपमा प्राविधिक शिक्षाको स्थापना र बिकास भएता पनि गरिब जनताका छोराछोरीको पहुँचमा पुग्न सकेन , अर्कातिर चिकित्सा शिक्षा आयोगको नयाँ मापदण्डका कारण सयौं शिक्षण सस्थाहरु बन्द भएका छन । भने अर्का तिर पर्याप्त संख्यामा ऋत्भ्ख्त् ले आफ्ना आंगिक कलेजहरुको बिस्तार नगरी निजि शिक्षण सस्थाको भरमा स्वास्थ्य तर्फका कार्यक्रम संचालन गरिरहेको छ । यस्तो अवस्थामा निजि शिक्षण संस्थाको प्रभावमा परी भारी मात्रमा शुल्क वृद्धि गरेर CTEVT ले विधार्थीलाई बिदेश पलायन हुन बाध्य पार्ने निति लिएको मानिन्छ ।

यसै सन्दर्भमा असार २९ गते शुक्रबार शुल्क समायोजन सम्बन्धी माननीय मन्त्री स्तरिय निर्णय भनेर शैक्षिक सत्र २०८०/८१ देखि भर्ना हुने विद्यार्थी माथी अन्याय हुने गरि गरिएको भारी शुल्क वृद्धि प्रती अनेरास्ववियु खेद प्रकट गर्दछ । सविंधानले पनि माध्यमिक शिक्षा निशुल्क घोषणा गरेको छ । भ्रष्ट पदाधिकारीहरुले चरम आर्थिक प्रलोभनमा परि आम निम्न वर्गका विद्यार्थी माथी गरिएको ढाड सेक्ने गरि प्रमाणपत्र तह नर्सिङ र सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा गरिएको मूल्य वृद्धि ४८ घण्टा भित्र फिर्ता गरियोस अन्यथा अनेरास्ववियु राष्ट्रिय कमिटी चरणवद्ध आन्दोलन मा होमिने घोषणा गर्दै सरोकारवाला सबैमा आन्दोलनमा ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्दछौ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार