कुन बैंकले दिँदैछ सबैभन्दा बढी ब्याज ?

धनगढी । वाणिज्य बैंकहरुले आफ्नो बैंकको अवस्था अनुसार साउन महिनाका लागि ब्याजदर तोकेका छन्। असार महिनासम्म नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले ब्याजदर तोकेका हुन्।

असार महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। जसअनुसार एमएबि बैंकले अन्य बैंकहरुभन्दा बढी ब्याज दिने भएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ।

Dengue

यस दिन प्रकाशित सुचना अनुसार एमएबि बैंकले सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकले २ वर्षदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक, र कुमारी बैंकले १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन्। प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले असार महिनामा नै ब्याजदर घटाएको थियो। अधिकांश बैंकहरुले ९.९९ प्रतिशत ब्याजदर दिने सूचना प्रकाशित गरेको बेला यस बैंकले भने अधिकतम ब्याजदर १ प्रतिशतविन्दु घटाएर ८.९९ प्रतिशतमा झरेको थियो।

नेपाल बैंकर्स संघले तरलता कम हुन थालेसँगै बैंकहरुविचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो। सो पश्चात जेठसम्म बैंकर्स सँघकै निर्णयमा बैंकहरुले ब्याजदर तोक्दै आएका थिए।

अहिले सबै बैंकले एकैखाले ब्यादर भएकोले वित्तीय क्षेत्रमा प्रतिस्पर्धा हुन नसकेको चर्चा भइरहेको अवस्थामा यसले बैंकहरुबीचको प्रतिस्पर्धालाई समेत बढाउने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार