राष्ट्रिय सभाबाट आज ‘विनियोजन विधेयक-२०८०’ पारित हुने

काठमाडौं: राष्ट्रिय सभाको बैठक आज बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरमा बुधबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक–२०८० को विभिन्न शीर्षकहरुमा सांसदहरुले उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

Dengue

मन्त्रीहरूले जवाफ दिएपछि आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विनियोजन विधेयक–२०८० को विभिन्न शीर्षकहरुमा प्रस्तुत गरिएका खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त ‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार