धनगढी: धनगढीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का विशाल राना र वडा नम्बर २ का ज्ञानु धामी र मनोज केसी रहेका छन् ।
३४ वर्षिय राना बुधवार साँझ ६ सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।
वडा नम्बर ३ को सब्जिमण्डीबाट बुधवार राति २० वर्षीया धामी र २० वर्षिय केसी एक सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका प्रदेश प्रहरीले बताएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दनुहोस्