सवारी लाइसेन्स प्रक्रियाका सबै काम अनलाइनबाटै

काठमाडौं: सरकारले अबदेखि सवारी लाइसेन्सको नयाँ आवेदन, नवीकरण, राजस्व अनलाइनबाटै बुझाउन सकिने बताएको छ। आजदेखि गण्डकी प्रदेशको पोखराबाट सुरु भएको सेवा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरु प्रदेशमा पनि अनलाइन प्रक्रियाबाटै सवारी लाइसेन्सको काम गरिने जानकारी दिएका हुन्।

उनले एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गरिने बताए। ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगत्तै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्र अन्त्य गर्ने अठोट गरेको थिएँ। लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजस्व अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं’, उनले भने।

Dengue

अनलाइन सेवापछि यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अन्त्य हुने उनले दाबी गरे। मन्त्रालयले सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनःआवेदन विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरेको मन्त्री ज्वालाको भनाइ छ।

अनलाइन सेवा सुरु भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्रै जानुपर्नेछ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयसँगै प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं’, विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमतिपत्र लिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार