भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि

काठमाडौँ । साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा कुवेतलाई पेनाल्टी शुटआउटमा ५/४ गोलअन्तरले पराजित भारतले उपाधि हात पारेको हो।

पहिलो हाफमा दुवै टोलीले १/१ गोलको बराबरी खेले। कुवेतका लागि शबिब अल खलिदीले १४औं मिनेटमा गोल गरेका थिए। त्यसपछि भारतका लागि खेलको ३८औं मिनेटमा लल्लियानजुआला छाङ्तेले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्‍याएका थिए।

Seti Hospital

दोस्रो हाफमा दुवै टोली गोल गर्न असमर्थ रहे। त्यसपछिको अतिरिक्त ३० मिनेटको समयमा पनि गोल भएन। र, फाइनल खेल पेनाल्टी शुटआउटमा प्रवेश गर्‍यो।

पेनाल्टी शुटआउटमा पनि दुवै टोलीले ४-४ गोल गरेपछि खेल ‘सडन डेथ’मा पुग्यो। अन्तिममा कुवेतका कप्तान खालिद हाजियाले गरेको प्रहार भारतका गोलकिपर गुरप्रित सिंह सान्धुले रोकेपछि भारत ५-४ गोलअन्तरले विजयी भएको थियो।

योसँगै भारत नवौं पटक साफ च्याम्पियनशिपको उपाधि विजेता भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार