प्रेस युनियन कैलालीको अध्यक्षमा सिताराम ओझा निर्वाचित

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् । यस्तै खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन् भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भए ।

Dengue

यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी सदस्य चयन भएका छन् । सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार