नेपालले आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दियो

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको छ ।

मंगलबार भएको खेलमा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको हो ।

Dengue

आयरल्याण्डविरुद्ध गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले अविजित ५७ रन जोडे। सन्दीप लामिछाने र गुल्सनले साझेदारीमा ८० रन बनाए । सन्दीप ३२ रन बनाएर बाहिरिए ।

यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। करण केसी ४ रन बनाएर आउट भए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार