यूएईविरुद्ध नेपालको घातक बलिङ, १८१ रनमा अलआउट 

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आइतबार नेपाल र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । जिम्बाब्वेमा नेपालले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

पहिला बलिङ गर्ने कप्तान रोहित पौडेलको निर्णय सही सावित गर्दै नेपाली बलरले यूएईलाई १८१ रनमै अलआउट गरेका छन् ।

Dengue

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए भने गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । केही समयपछि अब नेपालले १८२ रनको लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ ।

नेपालले यो खल जिते प्रतियोगिताको सातौँ स्थानमा लागि आयरल्यान्डसँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार