बैतडी: बैतडीमा एक महिला सम्पर्क विहिन भएकी छिन् ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिन देखि सम्पर्क विहिन भएकी हुन् ।
डेढ तोला सुन लगेर १० गते राति देखि सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर धानुकले जानकारी दिए । राति खाना खाएर सुतेकी बुहारी विहान नभेटिए पछि माइति घरमा खबर गर्दा पनि नआएको खबर प्राप्त भएको उनले बताए ।
छोरा भारत भएका बेला बुहारी सुन सहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनले बताए । खोजिका लागि ढोल्यामोड प्रहरीचौकीमा निवदेन समेत दिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्