वर्षायाममा तपाईँको पनि कपाल झर्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौं: लगातार बढ्दो प्रदुषणको नकारात्मक प्रभाव हाम्रो कपालमा पनि परिरहेको छ । त्यति मात्र नभएर वर्षाका कारणले पनि कपाल अत्यधिक कमजोर हुन्छ । वर्षाको पानीको सीधा प्रभाव कपालमा पनि पर्छ ।

वर्षायामको मौसममा कपाल अति कमजोर भएको हुन्छ । त्यसैले हेयर केयर गर्न आवश्यक छ । कपाल बलियो बनाउनका लागि जुन प्रकारका स्वस्थ खाना लिनु आवश्यक छ, त्यसरी नै कपालको हेरचाह सही तरिकाले भएको छ कि छैन भन्ने कुरा ध्यान दिनु आवश्यक छ ।

Dengue

वर्षायाममा कपाल कसरी बलियो बनाउने भन्ने बारेमा केही जानकारीः

पानीमा भिजेपछि स्याम्पू गर्नु पर्छ

यदि पानीमा भिज्नु भएको छ भने तुरुन्त आफ्नो कपालमा स्याम्पू गर्नु पर्छ । यसो गर्दा वर्षाको पानी कपालमा रहँदैन । पानीमा भिजेपछि स्याम्पू लगाएन भने कपाल झर्न थाल्छ ।

हेयर मसाज

वर्षायाममा हेयर मसाज गर्नु अति आवश्यक छ । यसो गर्दा कपाल बलियो हुन्छ । हेयर मसाजका लागि आफूसंग भएका कुनै पनि तेलको प्रयोग गर्न सकिन्छ । यसो गर्दा कपाल बलियो हुनुको साथै चम्किलो पनि हुन्छ ।

वर्षायाममा कन्डिशनर

वर्षायाममा कपाललाई कन्डिशनर गर्नु अति आवश्यक हुन्छ । यसो गर्दा कपाल नरम हुन्छ ।

कपाल सुकाउनु पर्छ

वर्षायाममा कपाल सुकाएपछि मात्र कोर्नु पर्छ । चिसो कपाल कोर्नाले कपाल टुक्रने खतरा बढी हुन्छ ।

वर्षाको पानीबाट टाढा

सकेसम्म पानीमा भिज्नु हुँदैन । पानी परेको समयमा आफ्नो कपाल भिज्नबाट बचाउनु पर्छ । पानी परेको समयमा बाहिर जानु परेमा छाता अथवा क्याप लगाएर मात्र जानु पर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार