महाकाली तटीय क्षेत्रमा गरिबका लागि नमुना बस्ती बनाउँदै वडा अध्यक्ष बोहोरा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहोराले महाकाली तटीय क्षेत्रमा अतिविपन्न परिवारका लागि नमुना बस्ती निर्माण अभियान थालेका छन् । भीमदत्त–१३ सोनापुर टोलमा अतिविपन्न ३० परिवारका लागि दुई कोठे पक्की भान्सासहितको घर निर्माणका लागि उनले सक्रियता बढाएका हुन् ।

सोनापुरमा दुई परिवार क्षेत्री र बाँकी २८ दलित परिवारको खरको छाना भएको घर तथा महाकालीको बालुवा र गिटी छान्ने काम भइरहेको छ । वडाध्यक्ष बोहराले भने दातृ निकाय र दातासित गुहार मागेर भए पनि पाँच वर्षभित्र नमुना बस्ती बनाइसक्ने लक्ष्य छ । चालु आर्थिक वर्षमा दुईवटा घर निर्माण थालिएको छ ।

Dengue

एउटा घरको ५० प्रतिशत काम सकेर अर्को घरको जग खन्ने तयारी भइरहेको उनले बताए । नमुना बस्ती निर्माणका लागि वडा कार्यालयले रु एक लाख विनियोजन गरेको छ । त्यस्तै भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षमा उक्त बस्ती निर्माण अभियानका लागि रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष बोहराको भनाइ छ । निर्वाचनका बेला पनि नमुना बस्ती निर्माण मेरो चुनावी एजेण्डा थियो । स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित बोहराले भने, विपन्न परिवार सानै भए पनि पक्की घरमा बस्न पाउन भन्ने मेरो ध्येय हो ।

बस्ती निर्माणका लागि सबैपक्ष, निकाय र दातासित सहयोग मागेको उल्लेख गर्दै उहाँले महाकाली तटीय क्षेत्रका विपन्न परिवार अझै महाकालीको बालुवा, गिटी कुटेर जीविका चलाइरहेको बताए । यसअघि भीमदत्त नगरपालिकामा नगरपालिकाको सहकार्यमा सांसद विकास कोषको रकमबाटसमेत यहाँ राउटे समुदायका लागि घर निर्माण गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार