धनगढीको एसटिएस सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक

काठमाडौं । देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीमा रहेको एसटिएस सिनेमा हलले ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको छ । एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो ।

फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमा हलका इन्चार्ज योगेन्दै नायकले जानकारी दिएका छन् ।

Dengue

नायकका अनुसार सोमबार साँझ ५ बजेको ‘शो’का लागि भएको टिकट बुकिङ पनि रद्ध गरिएको छ । योसँगै अब धनगढीको एकमात्र एसटिएस सिनेमा हलमा पनि हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शनी रोकिएको छ ।

यसअघि काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा पनि ‘आदिपुरुष’सहित अन्य हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाईसकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार