धनगढी: कैलालीमा अवैध लागुऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरपोर्ट मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा अवैध लागुऔषध फेला परेको हो ।
उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्