काठमाडौं: प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ।
आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।
आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट सम्बनधमा छलफल हुन लागेको हो।
बैठकमा सांसदहरु लिलानाथ श्रेष्ठ, योगेश कुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले विनियोजन विधेयक, २०८० अन्तर्गत ति मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्