धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ ।
रास्वपाले आफ्नो स्थापना दिवसको अवसरमा असार ७ गते देशैभरी एकसाथ घण्टी बजाउने भएको हो । असार ७ गते साँझ ७ बजे ७७ वटौ जिल्लाभर ७७ पटक घण्टी बजाउन रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेका छन् ।
योसँगै घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न समेत पार्टी सभापति लामिछानेले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्