अरुका घर कब्जा गर्ने खानको आफ्नै घर कब्जा भयो

धनगढी । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके मुनिर खानको घर कब्जा गरेको छ । शनिबार कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर १ पशुपती टोलमा रहेको शेख मुनिर खान अहमेदको घर जग्गा कब्जा गरिएको हो ।

लामो समयदेखि कैलालीका सर्वसाधारणलाई मिटर ब्याजमा फसाउँदै घरबार बिहीन बनेका मिटरब्याज पीडितहरुको उजुरीको आधारमा खानको घर जग्गा कब्जामा लिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीका जिल्ला ईन्चार्ज प्रकाश मल्लले बताएका छन् । मल्लका अनुसार शनिबार नेपाल कम्युनिष्ट पार्टीले नारा जुलुशसहित ब्यानर र कालो झण्डा गाडेर खानको घरजग्गा कब्जा गरेको गरिएको हो ।

Seti Hospital

‘लामो समयदेखि खानलाई सुध्रिने मौका दिँदा पनि नसुध्रिएकाले घरजग्गा कब्जा गरिएको हो’, मल्लले भने, ‘अझै पनि नसुध्रिएर जनतालाई दुख दिने काम गरेको पाइए थप कार्वाही गर्न बाध्य हुनेछौँ ।’

शनिबार कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहने कैलाली इन्चार्ज मल्लले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार