धनगढीमा शेख मुनिरको घर नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा

धनगढी। धनगढीमा शेख मुनिरको घर नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ।

शनिवार धनगढी–१ पशुपति टोलमा रहेको मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीको पहलमा मीटरब्याजी शेख मुनिर अहमदको घर जन नियन्त्रणमा लिएको बताइएको छ। उल्लेख गरेको सूचनामा लेखिएको छ, ‘सयौं जनालाई घरवारविहीन बनाउने, कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घरजनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ।

Dengue

नेपाल कम्युनिष्ट पार्टीले शेख मुनिर अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिएको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टी कैलालीले अबैध कारोबार मिटर ब्याजका बिरुद्ध बिरोध प्रर्दशन गरेका छन्। उनीहरुले एकीकृत जनक्रान्ती जिन्दावाद, मिटरव्याजीहरुलाई कार्वाही गर, पीडित जनतालाई न्याय गर भन्दै नारा लगाएर बिरोध प्रर्दशन गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार