‘लोकसेवा आयोगको परीक्षा विधिहरु सुधार गर्न जरुरी छ’ -उपराष्ट्रपति यादव

उपराष्ट्रपतिले लोकसेवा आयोगले आफ्नो परीक्षा विधि समयअनुरुप सुधार गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार लोक सेवा आयोगको ७३औं बार्षिकोत्सवमा उनले गलत नीति र प्रकृयालाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आयोगले आफ्नो परीक्षा विधिहरुसुधार गर्न जरुरी रहेको बताएका हुन् ।

Dengue

उनले भने,‘औपचारिक भर्ना र छनोट समग्र प्रशासनको संयन्त्रको उजागर भएकोले गलत नीति र प्रकृयाले प्रशासनभित्र स्थायी खराबीहरु प्रवेश गर्न सकिने भएकोले आयोगले त्यसलाई निरुत्साहित गर्न योग्ताका सबै तत्वहरु उत्थान हुने गरी आफ्नो परीक्षा विधिहरु समयअनुरुप सुधार गर्न जरुरी छ ।’

उपराष्ट्रपति यादवले आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताहरुको भरोसाको केन्द्रको रुपमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार