ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष पक्राउ

दार्चुला: दार्चुलाका एक वडाअध्यक्ष कैलालीको अत्तरियाबाट पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी अत्तरियाबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनलाई चेक बाउन्स गरी ठगी गरेको आरोपमा अत्तरियाबाट पक्राउ गरिएको हो । उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३५ लाखको चेक कैलालीका टेक कुँवरलाई दिएका थिए ।

Dengue

उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले गत फागुन महिनामा ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा धामीलाई यही जेठ २५ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी गराए ।

धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार