नेपाल प्रेस युनियन कैलालीको अधिवेशन जेठ ३२ गते

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अधिवेशन जेठ ३२ गते गर्ने तयारी गरिएको छ । नेपाल प्रेस युनियनका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले अधिवेशन जेठ ३२ गते गर्ने निर्णय गरेको हो ।

‘जिल्ला अधिवेशन यही जेठ ३२ गते धनगढीमा आयोजना गर्ने’ सो निर्णयमा भनिएको छ ।

Dengue

युनियनका सचिव सिताराम ओझाले बैठकले जेठ ३२ गते अधिवेशन गर्ने निर्णय गरेसंगै केन्द्रिय कार्यालयमा पत्र पठाइ जानकारी गराएको बताए । उनले भने –‘अधिवेशनका लागि केन्द्रबाट प्रतिनिधि खटाइदिन अनुरोध गरि पत्र पठाइएको छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार