च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

काठमाडौं: यूईएफा च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा भएको खेलामा इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै निर्णायक बनेको थियो।

Seti Hospital

सिटीको यो जितसँगै म्यानचेस्टर युनाइटेडेले २४ वर्ष अघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास समेत बराबरी गरेको छ। सिटीले प्रिमियर लिग पछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो भने शनिबार च्याम्पियन्स लिग जितेसँगै १९९९ मा म्यानचेस्टर युनाइटेड पछि एकै सिजनमा तीन उपाधि ‘ट्रेबल’ को कीर्तिमान बनाउन सिटी सफल भयो।

प्रशिक्षक पेप ग्वार्डिवालाको भने यो तेस्रो च्याम्पियन्स लिग उपाधि हो। उनले बार्सिलोनालाई २ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। पछिल्लो पटक ग्वार्डिवालाले सन् २०११ मा बार्साबाट उपाधि जितेका थिए।

च्याम्पियन लिगमा सिटीले यसअघि २०२१ मा अर्को इंग्लिस प्रतिद्वन्दी चेल्सीसँग पराजित हुँदै फाइनल गुमाएको थियो। सिटीले पछिल्ला १२ सिजनमा सातपल्ट लिग उपाधि जिते पनि च्याम्पियन्स लिगको भोक भने अन्त्य गर्न सकेको थिएन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार