जथाभावी फालेको फोहरले बैतडीको बजारक्षेत्र दुर्गन्धित

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ । तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो ।

जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो । नगरपालिका कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ ।

Dengue

जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । ‘जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ’, उनले भने, ‘दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कोतिर श्वास फेर्न गाह्रो भइरहेको छ ।’

नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासोसमेत रहेको छ । फोहरले नाली र होमपाइप जाम भएका छन् । सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताएका छन् । ‘फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ’, उनले भने, ‘बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ ।’

जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप छ । फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी नेगीले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार