संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ ।
बिहान ११ बजे ३१ मिनेटमा ससद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।
त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस्