एलपीएल आँठौं संस्करणको टिम दर्ता खुल्ला

धनगढी । सुदूरपश्चि प्रदेशको धनगढीमा हुने खुल्ला स्तरी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आँठौं संस्करणको टिम दर्ता खुल्ला भएको छ ।

कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुने छ । प्रतियोगिता टी–२० फर्म्याटमा खेलाईने जनाईएको छ । प्रतियोगिताका सात ओटा संस्करण विद्यालय स्तरीय रुपमा संचालित भए पनि यो संस्करण देखि एलपिएल सिनियर ( खुला) प्रतियोगिताको रुपमा संचालन गरीने लिटल फ्लावर स्पोर्ट एण्ड ईभेन्टका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

Dengue

देशभर बाट उत्कृष्ट क्रिकेट एकेडेमीहरु, कलेजहरु र आफ्नै क्रिकेट टिम भएका विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउन सकिने अध्यक्ष शाहीले बताए ।

यो संस्करणको विजेतालाई २ लाख ५५हजार ५ सय ५५ र उपविजेतालाई १ लाख २८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक टिमले आफ्नो टिममा नेपालको क्रिकेटटिमबाट खेलिरहेका र खेलिसकेका खेलाडी समेत समावेश गर्न पाउने जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमहरुमध्य बाट सबैभन्दा अनुशासित टिमलाई फेयर प्ले (Fair Play) टिम समेत घोषणा गरिने छ । प्रत्येक टिममा १५ जना खेलाडी १ जना कोच र १ जना म्यानेजर गरि १७ जनाको सहभागीता हुनु पर्ने बताएका छन् ।

खेलमा १६ टिम सहभागी हुनेछन् । यहि जेष्ठ मसान्त सम्म टिम दर्ता गरी सक्नु पर्ने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार