धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाएको मृत्यु भएको छ।
शनिबार जिल्लाको टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो। भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पतालमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो।
प्रतिक्रिया दनुहोस्