बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माण हुने

बैतडीः बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएको छ। नेपाल–भारत सीमा क्षेत्र महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत सरकार सहमत भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको भारत भ्रमणका क्रममा बिहिवार नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा पक्की पुल निर्माण गर्ने बताएका छन्। उनले डडेल्धुराको शीर्षमा पनि मोटरेबल पुल निर्माण गर्ने बताएका छन्। सुदूरपश्चिम क्षेत्रसँग भारतीय भूमिलाई जोड्न झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार