नियम उल्लंघन गर्नेलाई पाठ पढाउँदै इन्सपेक्टर जोहारी, भन्छन्- ‘लक्ष्य दुर्घटनाका केस शून्यमा झार्नू हो’

धनगढी । सवारी दुर्घटना न्यूनिकरणमा पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सक्रियता बढ्दै गएको छ । झन् कार्यालयको जिम्मेवारी ट्राफिक प्रहरी निरिक्षक विरेन्द्रसिंह जोहारीले सम्हालेपछि यसप्रति ट्राफिक प्रहरीको सक्रियता झनै बढेको छ ।

यसै पनि कैलाली सवारी दुर्घटनाका दृष्टीकोणले निकै नै जोखिम भएको जिल्ला हो । अझ मोहना अत्तरिया ६ लेन सडक बनेसँगै र सडक नियमका बारेमा नागरिकमा सचेतना नहुँदा दुर्घटना झनै बढ्दो क्रममा देखिएको छ । सोही विषयलाई ध्यानमा राख्दै पछिल्ला दिन सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी नियम, सडक प्रयोगसम्बन्धी नियमबारे सचेतना फैलाउने सवालमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सक्रिय रुपमा लागी परेको देखिएको छ ।

Dengue

यसैबीच बिहीबार सवारी नियम उल्लंघन गर्नेहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र जोहारीले सम्झाईबुझाई गरेका छन् । इन्सपेक्टर जोहारीका अनुसार बिहीबार सवारी चेकजाँचका क्रममा अनुमति पत्र नलिई सवारी चलाउने तथा नियम विपरित सवारी चलाउने सवारी चालकहरुलाई नियन्त्रणमा लिएर सम्भाईबुझाई गरिएको हो ।

त्यस्तै नियम उल्लंघनका कारण हुने सवारी दुर्घटनाका केसलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्य सम्पादन गरिरहेको जोहारीले बताए । ‘मेरो कार्यकालमा सवारी दुर्घटनाका घटना कति कम गर्न सक्छु त्यो समयले देखाउला तर सकेसम्म दुर्घटनाका केस शून्यमा झार्ने लक्ष्य छ’, उनले भने, ‘हामी निरन्तर लागिरहेका छौँ, अहिले झनै सक्रियता बढाएका छौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार