प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्री गरिन् स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्लीमा अवतरण गरेका छन् ।

उनलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् । प्रधानमन्त्री दाहालको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

Dengue

चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री दाहाल आजै काठमाडौँबाट प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री दाहाल गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन् ।

दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।

दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्ड दिल्लीमा राजनीतिक भेटघाट सकेर मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार