शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा तालाबन्दी

बैतडी: शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ ।

Dengue

यता नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ । शिक्षक पनेरुको आग्रहमा उनको काज सरुवा गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले बताए । शिक्षक पनेरुसहित तीनजनालाई उनीहरुकै आग्रहमा काज सरुवा गरिएको बिष्टले बताए ।

सिद्धेश्वर मावि हुक्केडाँडामा कार्यरत शिक्षक शिवराज भट्टलाई जनपृय आधारभुत विद्यालय काक्सयालीमा , जनपृय आविमा कार्यरत शिक्षक अंकिलाल भट्टलाई बालकल्याण आवि पाटन ३ बोहरीगाउँमा सरुवा गरिएको हो । यस्तै शिक्षक पनेरुको सिद्धेश्वर माविमा काजमा सरुवा गरिएको छ ।

कार्यपालिकाको बैठकबाट नै उक्त निर्णय गरिएकाले विद्यालयहरुलाई सो निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको सामाजिक विकास समितिका संयोजक बिष्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार